आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप स्वीकार्य नभएको भन्दै आज काठमाडौंस्थित चिनियाँ राजदूतावासमा प्रदर्शन भएको छ ।
आठ–१० जनाको समुहमा रहेका प्रदर्शनकारीले ‘गो ब्याक चाइना’ भन्दै प्रदर्शन गरेका हुन् ।
अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेको छ । यसै बेला चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरुसँग भेटवार्ता तीव्र बनाएकी छन् । प्रदर्शनहरूले यसैको विरोधस्वरुप प्रदर्शन गरिएको बताएका छन् ।
सहभागीहरुले राजदूत यान्छीको तस्बिरसमेत बोकेका छन् । उनीहरुले ‘न चीन न भारत आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप कसैको स्विकार छैन’, जस्ता नारा लगाएका छन् ।
प्रदर्शनमा नेवि संघका क्याम्पसस्तरका केही नेता–कार्यकर्ता पनि देखिएका छन् । अस्कलका पुरन रोका, आरआरकी एलिजा ढकाल आदि छन् ।
यद्यपि, निवर्तमान महामन्त्री सरोज थापाले भने उनीहरुले नेवि संघ आधिकारिक निर्णयविना नै प्रदर्शन गरेको बताए ।
‘यो नेवि संघको आधिकारिक निर्णय भएर गरिएको प्रदर्शन होइन’, उनले फरक धारसँग भने, ‘अब संगठनले कस्तो प्रतिक्रिया जनाउँछ हेर्न बाँकी छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।