डुबेर बेपत्ता किशोरको खोजीका लागि सशस्त्र प्रहरी परिचादन

बाजुरा– बुढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बुढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सातजना सशस्त्र प्रहरीको विपत व्यवस्थापन टोली बाजुरा आइपुगेको छ ।

बुढीगङ्गा–१ द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि आज अपराह्न १ः३० बजे काठमाडौँबाट टोली बाजुरा आइपुगेको प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । 

मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र  सशस्त्र प्रहरीसहितको टोली अहिले पनि लागिपरेको छ । 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १६:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया