राष्ट्रिय व्यवसायी महासंघद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं– लकडाउनका कारण लामो समयसम्म व्यवसाय सञ्चालन गर्न नपाएपछि परेपछि व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । 

सरकारले कोरोनाभाइरसका कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीलाई बेवास्ता गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । 

महासंघले यसअघि सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै सो प्रतिवद्धता अबिलम्ब पूरा गर्न बुधबार एक विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

महासंघले व्यवसायीहरुले लकडाउन अवधिको बैंकिको व्याजदरमा शतप्रतिशत छुट पाउनु पर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योग, व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनु पर्ने, स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनुपर्ने र लकडाउन अवधिभरको व्यवसायिक घरभाडा पूरै छुट गरिनु पर्नेलगायत व्यवसायीले ६ सूत्रीय माग राखेको छ । 

पहिलो चरणमा बिहीबार ९ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र त्यसपछि सरकारको गतिविधि हेरेर महासंघ अघि बढ्ने जनाइएको छ ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १६:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया