काठमाडौं– स्वास्थ्य मन्त्रालयले बुधबारसम्म पाँच जिल्लामा कोरोना संक्रमण शून्य देखिएको जनाएको छ ।
देशभरका ७७ जिल्लामध्ये प्रदेश १ मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, गण्डकी प्रदेशमा मुस्ताङ र कर्णालीमा हुम्ला जिल्ला कोरोना मुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।