निश्चित मापदण्ड बनाई ट्याक्सी सञ्चालन गराउन निर्देशन

संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सार्वजनिक यातायात सम्वद्ध सरोकारवाला मजदूर संगठन, व्यवसायी तथा प्रतिनिधिसँगको छलफलपछि निश्चित मापदण्डलाई पालना गरी सर्वसाधारणको आवतजावतमा थप सहजता प्रदान गर्न ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समितिले नेपाल सरकारलाई निर्देशन दिएको बताएको छ ।

 

‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले तय गरेको मापदण्ड पूरा गरी सरकारले लकडाउनकै अवधिमा केही व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेकोले ट्याक्सी चलाउनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो । 

 

त्यसैगरी, महामारीको समयमा सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने बारेमा आगामी बैठकमा सिसिएमसी र विभागीय मन्त्रालयसँग छलफल गरिने निर्णयमा उल्लेख छ । नेपाल सरकारले कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरेसँगै विगत ३ महिनादेखि सार्वजनिक यातायात ठप्प छ ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १७:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया