कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा मात्र २ सय ५५ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएकामध्ये बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ५ र तेहथुमका १ जना छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार कोशी अञ्चल अस्पताल विराटनगरमा झापाका १, सुनसरी र इलामका २–२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ र मोरङका ३, गजेन्द्र नारायण सिंह अस्पतालमा सिरहाका २ र सप्तरीका ४ जनामा कोरोना देखिएको छ । 

गत २४ घण्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल चितवनमा चितवनका ५ जनामा कोरोना भेटिएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासी पूर्वका २ र रौतहटका ३२ जनामा कोरोना भेटिएको छ । त्यसैगरी, नारायणी अस्पताल वीरगञ्जमा बाराका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका ८, गोरखाका २, कैलालीका १९, कञ्चनपुरका ७, काठमाडौंका ६ र सर्लाहीका २ जनामा कोरोना पाइएको छ । 

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काभ्रे र मोरङका १–१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दीका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३, पाल्पाका ५ र प्यूठानका १ जनामा कोरोना भेटिएको छ । यस्तै, पाटन अस्पताल ललितपुरमा दाङ, धादिङ, दोलखा, झापा, कास्कीका १–१, काठमाडौंका १०, काभ्रेका १, ललितपुरका ७, लमजुङ, नवलपरासी पूर्व र पर्साका १–१, रामेछापका २, रौतहट, सर्लाही, सिन्धुपाल्चोक र सुनसरीका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालमा दैलेख र मुगुका २–२, सुर्खेतका १३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दैलेखका ३, डडेल्धुरा अस्पतालका डडेल्धुराका २, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका ५, डोटीका ४, कञ्चनपुरका ५ र कैलालीका १७ जनामा कोरोना पुष्टि भएको छ । 

भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २, दाङका ४, कालीकोटका १ र रुकुम पश्चिमका ३, आरटी पिसिआर दैलेख प्रयोगशालामा सुर्खेतका १, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा रुकुम पश्चिमका ४ र जाजरकोटका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १७:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया