पिसिआर परीक्षणमा नेपाल सार्क मुलुकमै पहिलो भएको सरकारको दाबी

काठमाडौं– सार्क मुलुकमध्ये नेपाल कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा पहिलो भएको सरकारले दाबी गरेको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रति १०​ लाखजनाको पिसिआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको जानकारी दिएका छन् । 

नेपालको प्रति १० लाखमा नौ हजार १ सय ५६ जनाको परीक्षण भएको छ । सोही अवधिमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३५९ र अफगानिस्थानमा एक हजार ९९० जनाको पिसिआर परीक्षण गरिएको उनले बताए । 

पिसिआर परीक्षण अहिले देशभर २५ वटा प्रयोगशालाबाट गरिने जानकारी दिँदै अहिलेसम्म दुई लाख ६६ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको बताए ।  

पछिल्लो २४ घण्टामा चार हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । नेपालमा कुल १६ हजार ४ सय २३ संक्रमितमध्ये सात हजार ७ सय ५२ जना निको भई घर फर्किसकेको उनले बताए ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १८:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया