अमेरिकामा एकै दिन ६० हजार कोरोना संक्रमित थपिए

एजेन्सी– विश्वभर फैलिरहेको कोरोना संक्रमणका कारण जनजीवन अस्तव्यस्त बनेको छ । कोरोनाका कारण सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा पछिल्लो २४ घण्टामा ६० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार यसअघि अमेरिकामा २ जुलाईमा एकै दिन ५५ हजार दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । बुधबार थपिएको संख्या अहिलेसम्मकै उच्च हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कोरोना महामारीलाई लिएर अमेरिका राम्रो स्थितिमा रहेको बताएका थिए । उनले राम्रो स्थितिमा रहेको बताएको भोलिपल्टै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट अमेरिकामा एक लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । हालसम्म ३० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकाका कोरोना मामिलाका सल्लाहकार तथा महामारी रोग विशेषज्ञ डाक्टर एन्थनी फाउचीले अमेरिका अझै पनि कोरोना सङ्क्रमणको स्थिति गम्भीर हुने बताएका छन् । 

 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार २०:३९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया