विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै मृत्यु

दैलेख– दैलेखमा विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै समितिका सदस्यको मृत्यु भएको छ । भैरबी गाउँपालिका–३ स्थित जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य औंसे कामीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शिक्षकहरुको तलब, विद्यालयको शैक्षिक प्रशासनलगायत विषयमा छलफल भइरहेको वेला उनी एक्कासि ढलेका थिए । उनी बोल्दै गर्दा देब्रे साइडमा अकस्मात् ढलेपछि उनलाई अस्पताल पुर्याउँदा अस्पतलले उनलाई मृत घोषित गरेको हो । 

६१ वर्षीय कामी जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत हुन् । 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार २१:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया