नेकपामा केन्द्रीय कमिटी बैठकको माग बढ्दो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीको बैठक गर्नु पर्ने माग बढेको छ । केन्द्रीय कमिटी सदस्यहरुले पछिल्लो समय देखिएको नेकपाको विवादको ठोस निर्णय केन्द्रीय कमिटी बैठकबाट गर्नु पर्ने माग गरेका हुन् । 

केही दिनअघि देखि केन्द्रीय कमिटी बैठकको माग गर्दै नेताहरुले हस्ताक्षर अभियान पनि चलाएका छन् ।

शीर्ष नेताहरुबीच विभिन्न विषयमा असहमति हुँदा पछिल्लो समय नेकपाको ११ चैतबाट सुरु भएको स्थायी कमिटी बैठकले नै बारम्बार स्थगित हुँदै आएको छ । यसअघि हिजो बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक २ दिनका लागि स्थगित गरिएको हो । 

तर, नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिलेसम्म विवादित विषयमा सहमती हुन सकेको छैन । यी दुई नेताबीच पछिल्ला केही दिन यता वार्ता भइरहे पनि ठोस निर्णय आउन सकेको छैन ।

यहीबीच नेकपामा केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने आवाज बढ्दै गएको हो । 





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार ६:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया