सिन्धुलीमा बुधबार साँझ रड र सिमेन्ट बोकेको जिप दुर्घटना हुँदा एक जनाको निधन भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा फिक्कल ५ का ६५ वर्षका धर्मध्वज सुनुवारको निधन भएको हो । उनलाई थप उपचार गर्न लैजाँदा निधन भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा बुधबार साँझ सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको ना ४ च ५२८५ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार गम्भीर घाइते भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।