नेकपा विवादः सडक प्रदर्शन रोक्न दोस्रो तहका नेताहरुको माग

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरुले सडक प्रदर्शन रोक्न नेतृत्वसमक्ष माग गरेका छन् । 

दुई पक्षबीच सामाजिक सञ्जालमा भइरहेको आरोप–प्रत्यारोप र सडक प्रदर्शनले वातावरणलाई थप बिगार्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

‘नेताहरुको पक्ष–विपक्षमा हुने नाराबाजीले वातावरण थप बिगार्ने भन्दै उनीहरुले महासचिवलाई स्टेटमेन्ट जारी गरेर प्रदर्शन रोक्न लगाउने तयारी गरेका छन् । 

नेका स्थायी कमिटी बैठकमा शीर्ष नेताले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि प्रधानमन्त्री ओलीका समर्थकले सडकमा प्रदर्शन गरिरहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बुधबारको भेटमा प्रचण्डले प्रदर्शन रोक्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १९:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया