लगातार परिरहेको वर्षाका कारण गएको पहिरोमा पुरिएर पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।
पोखरामा सराङकोटको गोठादीमा पहिरोमा परि तीन जनाको मृत्यु भएको हो । त्यहाँ अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको उपचार मयिायपाल अस्पतालमा भइरहेको छ ।
त्यहाँ एउटा घरमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले थप अन्यको पनि घरमा रहेको हुनसक्ने अनुमान गरिएको छ । अहिले उद्धार कार्य सुरु भएको छ ।
त्यस्तै पोखराकै हेम्जामा एक घर पहिरोमा पुरिँदा ७० वर्षीया महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।
अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।