सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सात दिनका लागि स्थायी कमिटीको बैठक स्थगित गरेको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी पहिरोले पारेको विपत्तिलाई ध्यान दिँदै बैठक स्थगित भएको जानकारी उनले दिएका छन् । विभिन्न स्थायी समिति सदस्यहरु आआफ्नो गृह जिल्लामा खटिनु पर्ने भएकाले बैठक स्थगित गरिएको उनले फरकधारलाई जानकारी दिए ।
११ असारमा सुरु भएको नेकपा स्थायी कमिटी बैठक १८ असारदेखि बारम्बार स्थगित हुँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।