पूर्वमुख्यमन्त्रीले भने– कार पल्टिएर विकास दुवेको मृत्यु भएको होइन, सरकार पल्टिन्छ भनेर मारिएको हो

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादवले गुन्डा नाइके विकास दुबे मारिएको घटनालाई राजनीतिसँग जोडेका छन् । उनले यसबारे एक ट्विट लेखेका छन् जसमा उनले सरकार पल्टिने भएकाले विकासलाई मारिएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्– यो गाडी पल्टिएको होइन, सबै रहस्य खुल्छ भनेर सरकार पल्टिनबाट बचाइएको हो । 

उता, उत्तर प्रदेशको प्रहरीले चाहिँ कानपुर ल्याउने समयमा प्रहरीको एक गाडी पल्टिएपछि विकास दुबेले प्रहरीको पेस्तोल लिएर भाग्न खोजेको र मुठभेडमा उनी मारिएको जनाएको थियो । 

बिहीबार दिउँसो विकास दुबे मध्यप्रदेशमा पक्राउ परेका थिए ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १०:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया