अमेरिकाले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स अर्थात् पिआइएका चार्टर विमान अमेरिकामा उडान भर्न नपाउने गरि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी उड्ड्यन मन्त्रालयले पाकिस्तानी पाइलटको प्रमाणपत्रलाई लिएर प्रश्न उठेपछि यस्तो निर्णय गरिएको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो दुई महिनामा पाकिस्तानमा पिआइएका एक तिहाई पाइलटले गलत जानकारी र प्रमाणपत्र दिएको जनाएको छ ।
पाकिस्तानी टिभी च्यानल जियो न्युजले पनि यो पुष्टि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।