अविरल वर्षका कारण ५ सय मेगावाट विद्युत् उत्पादन बन्द
वैकल्पिक व्यवस्था गरेर तथा यथाशक्य छिटो मर्मत गरेर आपूर्ति सहज गराउने प्राधिकरणको भनाइ


अविरल वर्षाका कारण आएको बाढीले ड्याम तथा सब स्टेसनमा भएको क्षतिका कारण करीब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
 
लगातारको वर्षाका कारण प्रशारण तथा वितरण लाइनको तार चुँडिएको, रुखहरू ढलेका कारण लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समेत समस्या भएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहबाट  गरी  ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । 

वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रशारण र वितरण प्रणालीसमेत प्रभावित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बाढीका कारण प्राधिकरणका विद्युत् गृहबाट करीब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

 

विद्युत् उत्पादन, प्रशारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा पनि अवरोध भएको  उनको भनाइ छ । केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेको उनले जानकारी दिए बन्द रहेका विद्युतगृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली खटाइसकेको उनको भनाइ छ । 

बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेवाको कालीगण्डकी ए विद्युतगृह शुक्रवार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव अत्यधिक बढेकाले विद्युतगृह तत्काल सञ्चालन गर्न नसकिने बताइएको छ । 

 



प्राधिकरणको ७० मेवाको मध्यमस्र्याङदी, १६ मेवाको त्रिशूली, १४ मेवाको  देवीघाट विद्युतगृह पनि बन्द छन् । त्यस्तै, निजी क्षेत्रको माथिल्लो भोटेकोशीलगायतका आयोजनाको उत्पादनसमेत ठप्प छ ।


 



  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १४:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया