राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिव चयनका लागि मन्त्रालयका सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस​ समिति गठन गरेको छ । 

समितिमा परिषद्का रिम रानाभाट र इन्दिरा निरौला सदस्य चयन भएका हुन् । युवा तथा खेलकुदमन्त्री जगत सुनुवारले शुक्रबार समितिलाई पूर्णता दिएका हुन् । 

समितिले आजै बैठक बसेर कार्यविधि बनाएर सदस्यसचिवका प्रस्ताव आह्वान गरेको छ । प्रस्तावमा योग्यता पुगेका व्यक्तिले सात दिनभित्र आशयपत्र पेश गर्न सक्ने जनाइएको छ । 

नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव भएको र प्रचलित कानुनले अयोग्य नभनेको हुनुपर्ने प्रावधान राखिएको छ ।  

यी पाँचवटा मापदण्डअनुसार परेका निवेद​कबाट सिफारिस समितिले एक महिलासहित ३ जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ । तीमध्ये एकजनालाई मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव नियुक्त गर्नेछ ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १७:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया