प्रहरी महानिरीक्षकलाई मुख्यालय पुगेरै प्रधानसेनापतिले दिए बधाई

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानसेनापति थापाले प्रहरी प्रधान कार्यालय पुगेर बधाई दिएका हुन् ।

प्रधानसेनापति प्रहरी महानिरीक्षक क्षेत्रीबीच दुई संगठनबीचको आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रधान सेनापतिले प्रहरी महानिरीक्षकलाई केही पुस्तक र खुकुरी समेत प्रदान गरेका थिए । प्रहरी महानिरीक्षक क्षेत्रीले पनि प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए । 

यसअघि प्रधान सेनापतिले प्रहरी मुख्यालय पुगेर महानिरीक्षकलाई बधाई दिएको अभ्यास बिरलै थियो । दुई सुरक्षा प्रमुखको सो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १८:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया