विपदमा परेकाहरुको उद्धारमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै देशका विभिन्न स्थानमा आएका प्राकृतिक विपत्तिका कारण आफ्नो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विपद र विपत्ति आइलागेका ठाउँमा तत्काल उद्धार कार्यमा जुट्न सबैलाई आह्वान गरेका छन्। 

‘हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलबाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन,’ सम्बोधनमा उनले भनेका छन्, ‘तसर्थ जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरू, राजनीतिक नेता, कार्यकर्ताहरू एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रूपमा अघि बढाइहाल्नु पर्दछ ।’

देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिका कारण स्तब्ध भएके भन्दै प्रधानमन्त्री ओलीले यस्ता विपत्तिबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनर्स्थापनाका कामसँगै विपद् न्यूनीकरणका उपाय अवलम्बन गरिरहेको जानकारी गराए । 





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार २१:१६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया