पोेर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलका सबैखाले उपाधि जितेका थिए । तर, उनलाई अन्तराष्ट्रिय उपाधिको खडेरी थियो ।
यद्यपि, चार वर्षअघि अर्थात २०१६ को जुलाईमा रोनाल्डो र उनको टिम पोर्चुगलले यो खडेरी तोडेको थियो ।
दाबेदार मानिएको घरेलुु टिम फ्रान्सलाई हराउँदै पोर्चुगल पहिलोपटक युरोकप च्याम्पियन भएको थियो ।
युरो टाइटल जितेको दिनलाई सम्झदै रोनाल्डोले हालै फेसबुकमा केही तस्बिर पोस्ट गरेका छन् । जसमा उनी र उनको टिमले युरो कपको टाइटल उचालेको छ ।
युरोकपलाई आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण टाइटल रहेको रोनाल्डोले बताएका छन् ।
‘चार वर्षअघि आजको दिन तपाईँहरुसँग हामीले एउटा ऐतिहासिक र फरक दिन बितायौं’, पोर्चुगिज फ्यानहरुप्रति समर्पित हुँदै उनले लेखेका छन्, ‘यो उपाधि मेरो करिअरको साच्चै महत्वपूर्ण टाइटल हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।