केएमसी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

५४ वर्षका पुरुषको उपचारको क्रममा गत २५ असारमा मृत्यु भएको थियो । उनी गोकर्ण निवासी रहेको अस्पतालले जनाएको छ ।

मृत्यु भएका मानिसको २६ असारमा पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक डाक्टरले बताए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १०:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया