एनसेलको वायर फ्री प्लस वाइफाईको प्रि बुकिङ सुरु

एनसेलले सञ्चालनको तयारी गरेको वायर फ्री प्लस वाइफाईको प्रि बुकिङ सुरु गरेको छ । उपभोक्तालाई आकर्षक बन्डल सेवासहित गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाई कनेक्टिभिटीको सेवा प्रदान गर्ने उद्देश्यले प्रि बुकिङ सुरु गरेको एनसेलले जनाएको छ । एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरीय र भरपर्दो वायर फ्री प्लस वाइफाई सेवा ल्याउन लागेको जनाएको छ । 

 

उक्त सेवा लिन इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्ने बताइएको छ । वायर फ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । 

 

बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिकलगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् । कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङ सहित प्री बुकिङ सुरु गरेको जनाएको छ । 

 



ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने ७ सय ९९ (करबाहेक) बाट सुरु हुन्छ । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५ सय, २ हजार ५ सय वा ३ हजार ५ सय तिर्नु पर्दछ । ४ सय २० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको बताइएको छ । 


प्याकेजअन्तर्गत पाइने सेवा हरेक ३० दिनको साइकलमा प्राप्त हुने बताइएको छ । ३० दिनको समयावधि भित्र प्रयोग गरी नसकेको वा बाँकी सेवा अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । ‘आफ्ना ग्राहकलाई आवश्यकताअनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उदेश्य रहँदै आएको छ,’ वायरफ्री प्लस वाइफाई सेवाबारे जानकारी दिँदै एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्समार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं ।’ 




सुरुमा विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । विशेष योजनाअन्तर्गत यो प्री बुकिङ सीमित अवधिका लागि मात्र ल्याइएको बताइएको छ । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ । आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । 

 

सेवासम्बन्धी थप जानकारीका लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्ने बताइएको छ ।

  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १३:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया