उपत्यकामा साझा बस सञ्चालनको तयारी

लामो समयदेखि सार्वजनिक सवारीसाधन नचलेको काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले शनिबार ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । 

सम्पूर्ण आवश्यक मापदण्ड पूरा गरी साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने उनले बताएका छन् ।  


सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको उनको भनाइ छ । सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो । 

सञ्चालनको तयारी स्वरुप साझाले लामो समयदेखि पार्किङमा राखेका बसका मर्मत तथा परीक्षणसमेत थालेको छ । 





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १४:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया