बाढीपहिरो पीडितलाई तत्काल राहतका प्याकेज ल्याउने तयारी

सरकाले बाढीपहिरोमा परेकालाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा तदरुकताका साथ काम गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका विभिन्न जिल्लाका बाढीपहिरो प्रभावितको उद्धारदेखि पुनस्र्थापनाका लागि काम गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न मन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी बैठकले उक्त निर्णय गरेको हो । बैंठकमा पीडितलाई उद्धार गरी तत्काललाई सार्वजनिक भवन तथा विद्यालयमा राख्न सकिनेबारे छलफल भएको बताइएको छ ।


बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनाका विषयमा सरोकारवालासँग छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार शुक्रबारसम्म बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका थिए । बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने  ३६ जना बेपत्ता भएको मन्त्रालयको तथ्यांक छ । 
 





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १५:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया