अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनमा चार चिकित्सक पक्राउ
प्रतिकात्मक तस्वीर

चितवनको भरतपुर मेडिकल कलेजबाट प्रहरीले चार चिकित्सकलाई पक्राउ गरेको छ । उनीहरुलाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेका अभियोगमा पक्राउ गरिएको एक प्रहरीले फरकधारलाई जानकारी दिएका छन् ।

प्रहरीका अनुसार डा. राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती पक्राउ परेका हुन् । प्रहरीले चिकित्सकसँगै जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौंबाट गएको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट गएको टोलीले पक्राउ गरेको हो । आइतबार एक पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने ब्यूरोले जानकारी दिएको छ ।

कलेजमा एक नेपालीलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गरिएको प्रहरीका एक अधिकारीले जनाएका छन् । 





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार २०:४१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया