सलह किराको नयाँ झुन्ड नेपाल आउने सम्भावना बढेको विज्ञले बताउँदै यसबाट सचेत रहन अनुरोध गरेका छन् ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सलहको नयाँ झुन्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
उत्तर प्रदेशमा अहिले सलहको नयाँ झुन्ड आएको र हावाको वहावसँगै यी झुन्ड नेपाल आउने सम्भावना बढेको बताइएको छ ।
यो सलहको झुन्ड नेपाल आएमा धनुषा, महोत्तरी, सर्लाही जिल्लामा बढी क्षति हुनसक्ने अनुमान गरिएको छ ।
नेपालमा यसअघि आएको सलहको झुन्डले चाहिँ उल्लेख्य क्षति गर्न सकेन । त्यो झुन्ड आफैं हराउँदै गएको कृषि मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।