धान रोप्दै के भने सलमानले ?

कोरोनाभाइरस महामारी फैलिएसँगै झण्डै पाँच महिनायता बलिउड फिल्म उद्योग ठप्प छ । कलाकारहरु फुर्सदिला छन् । घरमै बसेर वा भौतिक दूरी कायम राखेर उनीहरुले विभिन्न क्रियाकलाप गरिरहेका छन् ।

पछिल्लो समय भारतमा लकडाउन खुकुलो पारिएको छ । यसले गर्दा कलाकारहरु पनि बाहिर निस्कन थालेका छन् । कतिपय कोरोनाको शिकारसमेत भएका छन् ।

यसैबीच, सलमान खानले खेतमा धान रोपिरहेको तस्बिर ट्विटरमा पोस्ट गरेका छन् । दुईवटै हातमा उनले धानका विरुवा बोकेका छन् । उनी हंशमुख अनुहारमा देखिन्छन् । ‘दाने दाने पे लिखा होता है खाने वाला के नाम’, सलमानले लेखेका छन्’, जय जवान ! जय किसान !’

सलमानको यो क्रियाकलाप्रति मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले सकारात्मक प्रतिक्रिया दिएका छन् त कतिले नकारात्मक ।

केहीले भने सुशान्त सिंह राजपुतको आत्महत्यामा सलमान दोषी रहेको भन्दै गालीसमेत गरेका छन् ।

कतिले भने सलमानले किसानको सम्मान गरेको भन्दै प्रशंसा पनि गरेका छन् । 
 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ८:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया