सुन तस्करी प्रकरणः दुबईबाट नेपाल ल्याइए एक अभियुक्त

३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका एक अभियुक्तलाई नेपाल प्रहरीले नेपाल ल्याएको छ । दुबईमा रहेका हरिशरण खड्कालाई नेपाल प्रहरीले नेपाल ल्याएको हो । 

शनिबार खड्कालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । अब उनलाई मोरङ प्रहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

खड्काविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०ले रेड नोटिस जारी गरेको थियो । २० माघ ०७५ मै दुबईमा उनी पक्राउ परेका थिए । त्यहाँ लामो कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई नेपाल ल्याइएको हो । उनी दुबईमा हुँदै पनि नेपालमा उनीमाथि मुद्दा चलिरहेको थियो ।

खड्काको घर काभ्रे हो । 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ८:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया