पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आयल निगम घेराउ गरेको छ ।

मूल्य बृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले आज बिहान ११ बजेदेखि नेविसंघका नेता कार्यकर्ता बबरमहलस्थित कार्यालय अगाडि धर्नामा बसेका छन् ।

मूल्य फिर्ता नलिएसम्म धर्नाको कार्यक्रम जारी राख्ने तथा थप संघर्षका कार्यक्रम तय गर्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

‘मुलुकमा संकट आइरहेको वेला राहत दिनुपर्नेमा सरकारले उल्टै जनताको ढाड सेक्ने काम गरिहेको छ’, उनले फरक धारसँग भने, ‘पेट्रोलियम पदार्थको मूल्य बृद्धिले सबै क्षेत्रमा असर पर्ने भएकाले यो तुरुन्त फिर्ता गर्नुपर्छ ।’

आयल निगमले गत असार २६ गते इन्धनको मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १–१ रुपैयाँले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँ पर्ने भएको छ ।

यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो ।
 



 



  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार १३:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया