सरकार र पार्टीविरुद्ध सरिता गिरीले दायर गरिन् सर्वोच्चमा रिट

काठमाडौं– सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासनमा परेकी सरिता गिरीले पार्टी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । 

आफूलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय अवैधानिक भएको दाबी गर्दै गिरीले जनता समाजवादी पार्टी र सरकारविरुद्ध सर्वोच्च अदालतमा आइतबार रिट दायर गराएकी हुन् । 

संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले सो निर्णय अवैधानिक भएको उनले दाबी गरेकी छिन । 

उनलाई पदाधिकारी बैठकले निष्कासन कारबाही गरेको थियो । पार्टीको निर्देशन विपरीत संशोधन दर्ता गरेको र राष्ट्रहित विपरित अभिव्यक्ति दिएको आरोप उनलाई लगाइएको थियो । 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार १७:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया