रुकुम– रुकुम (पूर्व)मा पति हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिला पक्राउ परेकी हुन् ।
शनिबार साँझ घरायसी विवादका क्रममा पत्नी तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा पति लुद्रबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
राति १० बजे नै घटनास्थल पुगेर तिलसरादेवीलाई नियन्त्रणमा लिएको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।