काठमाडौं– भारतीय मिडियाको कपोकल्पित समाचारको विरोध जनाउँदै नेपाल सरकारले भारतलाई ‘प्रोटेस्ट नोट’ पठाएको छ ।
हालै प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रसारण गरिएको अनर्गल प्रचारपछि अशिले नेपालमा भारतीय न्युज च्यानल बनद भएका छन् ।
परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतलाई ‘प्रोटेस्ट नोट’ पठाएको हो । सो पत्रमा नेपालबारे प्रसारित अश्लील, कपोकल्पित, भ्रामक सामाग्रीमाथि कदम चाल्न माग गरिएको छ ।
सरकारले आगामी दिनमा पनि भारतीय मिडियामा नेपालबारे भ्रामक, कपोकल्पित, झुटा सामग्रीले स्थान नपाउने सुनिश्चित गर्न पत्रमार्फत माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।