पशुपतिनाथ मन्दिर दर्शन खुला गर्न मन्त्री भट्टराईको निर्देशन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर दर्शन खुला गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएसँगै पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द छ । मन्त्री भट्टराईले मुलुक बिस्तारै कोभिड–१९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारीसाधन पनि चल्न थालेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुला गर्न निर्देशन दिएका हुन् ।

पशुपतिनाथ मन्दिरमा १० चैतपछि नियमित पूजा र सन्ध्या आरती समेत बन्द रहेको छ । आइतबार कोषले आयोजना गरेको समीक्षा बैठकमा मनत्री भट्टराईले दर्शनको तयारी शुरु गर्न निर्देशन दिएका हुन् । 
 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार १९:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया