इंग्लिस प्रिमियर लिगः एर्भटनमाथि वोल्भ्सको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत वोल्भ्सले एर्भटनमाथि सहज जित हात पारेको छ । वोल्भ्सको घरेलु मैदानमा भएको खेलमा एभर्टन ३–० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफमा एभर्टनका खेलाडीले फाउल गर्दा वोल्भ्सले पेनाल्टी अवसर पाएको थियो । एभर्टनले थप गरिएको समयमा फाउल गरेको थियो ।

वोल्भ्सले पेनाल्टीमार्फत पहिलो गोल गर्यो । राउल जिमेनिजले गरेको गोलसँगै पहिलो हाफ १–० गोल अन्तरले सकिएको थियो । खेलको ४६औँ मिनेटमा वोल्भ्सका लेन्डर डेन्डोनकेरले गोल गर्दै टिमलाई २–० स्थितमा पुर्याए ।

वोल्भ्सका डिओगो जोटाले ७४औँ मिनेटमा थप एक गोल गरेर टिमलाई ३–०को अग्रता दिलाए । 

सो जितसँगै वोल्भ्सले ३५ खेलबाट ५५ अंक जोडेर अंक तालिकाको छैटौँ स्थानमा छ । पराजित एर्भटन भने ४५ अंकसहित ११औँ स्थानमा छ ।
 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार २१:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया