पछिल्लो समय भारतीय मिडियाहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । उनीहरुले प्रम ओलीमाथि विभिन्न अफवाह फैलाइरहेका छन् ।
यद्यपि, भारतीय केही समाचारमा भने प्रम ओलीका सकारात्मक कुरालाई पनि प्राथमिकतामा राख्ने गरिएको छ ।
यसैबीच, भारतको पत्रिका अमर उजालाले प्रम ओलीले कोरोनाभाइरसबाट संक्रमित भएका बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवारलाई स्वास्थ्यलाभको कामना गरेको विषयलाई छापेको छ ।
अमर उजालाको अनलाइन संस्करणले दुई देशबीचको तनावका बीच पनि नेपालका प्रधानमन्त्री ओलीले अमिताभ र अभिषेकका लागि ट्विट गरेकोमा प्रशंसा गरेको छ ।
‘तनावका बीच पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमिताभ र अभिषेकका लागि ट्विट गरे, दिए सकारात्मक सन्देश’ अमर उजालाले लेखेको छ, ‘छिमेकी देशबाट पनि बच्चन परिवारको सुस्वास्थ्यको कामना गरिएको छ । अहिले भारत र नेपालको सम्बन्ध राम्रो भइरहेको छैन । यसबीच पनि नेपालका प्रधानमन्त्री ओलीले अमिताभ र उनको परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।