मयूर यातायातले चलाउन थाल्यो काठमाडौंमा बस

मयूर यातायात प्रालिले आजदेखि काठमाडौं उपत्यकामा बस चलाउन थालेको छ ।

हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको मयूर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार बुधबारबाट ६ वटा गाडी सञ्चालनमा आउने र २ भन्दा धेरै रूटमा गुड्ने छन् ।

‘प्राविधिक समस्याका कारण एकैपटक सबै गाडी चलाउन सकिएको छैन’, उनले भने ।

काठमाडौं–पनौती रूटमा २ ओटा र रिङरोडमा ४ वटा गाडी सञ्चालन गरिएको श्रेष्ठले जनाए । उनका अनुसार यातायात व्यवस्था विभागसँग छलफल गरेर २०–२२ वटा थप्ने तयारी छ ।
 





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १३:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया