भानु जयन्तीको सन्दर्भमा बाबुरामले सम्झिए यस्तो कविता

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा छाइरहन्छन् । उनी समसामयिक विषयमा फेसबुक र ट्विटरमा स्टाटस पोस्ट गर्न माहिर छन् ।

यसैबीच, पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले २०७ औँ भानु जयन्तीका उपलक्ष्यमा एउटा कविता सम्झिएका छन् । सो कविता स्कुल पढ्दा भानु जयन्तीका अवसरमा आफ्ना शिक्षकले सुनाएको कविता रहेको उनले आज ट्विट गर्दै जानकारी दिएका हुन् ।

‘भानु जयन्तीको उपलक्ष्यमा स्कुलमा भीमप्रसाद गुरूले सुनाएको भानुभक्तको यो कविता’ शीर्षकमा उनले पोस्ट गरेको कविता यस्तो छ, ‘कि ता सेता मुला कि त हवस् पात उसको । कि ता मुंग्रे केरा कि त हवस् मही वेश अमिलो ।। असल् हुन्थ्यो धुप्मा नतर कसरी खानु यसरी । भुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी ।।’

 कविता सकिएपछि डा. भट्टराईले ‘गाउँको खाजा संस्कृतिको चित्रण !’, भनेका छन् ।





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १४:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया