लमजुङमा पहिरो जाँदा २७ घर–परिवार विस्थापित

अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ का दुई घर पहिराले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताए ।

त्यस्तै, शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीयवासी पौडेलको भनाइ छ ।  एक्साभेटरले पहिरो हटाउने कार्य गरिरहेको छ ।

सो वडास्थित रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।
 
सो क्षेत्रका विभिन्न घर तथा बस्तीह जोखिममा रहेको र विभिन्न स्थानमा बाढी पहिराले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । सो क्षेत्रमा प्रहरी र स्थानीयवासी मिलेर स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उनको भनाइ छ ।

सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले  विभिन्न स्थानमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।
 





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १४:५२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया