काठमाडौं– आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएको सरकारी स्रोतले जनाएको छ ।
आजको बैठकमा विदेशमा अलपत्र परेका नागरिक नेपाल ल्याउनको लागि सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने अपेक्षा गरिएको छ । यसका लागि निर्देशिका पारित हुन आवश्यक छ ।
त्यस्तै, संवैधानिक निकायहरुमा रिक्त रहेका केही पदमा पदपूर्तिका लागि आवश्यक छलफल हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।