काठमाडौं– चीनले अमेरिकी उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ। आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी राजदूत र सांसदमाथि प्रतिबन्ध लगाएको हो ।
चीनल सोमबार अमेरिकी सिनेटर मार्को रुबियो, टेड क्रुज तथा इन्टरनेसनल रिलिजियस फ्रिडमका लागि अमेरिकी राजदूत स्यामुल ब्राउनब्याक लगायतलाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले यसअघि सिनजियाङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख चेन क्वानग्वोसहित सो क्षेत्रका तीन नेतालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो। सोमबार चीनले पनि त्यसको प्रतिक्रियास्वरुप अमेरिकी अधिकारीमाथी प्रतिबन्ध लगाएको हो ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सिनजियाङ र उइगरको विषय चीनको आन्तरिक मामला भएको भन्दै यसमा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।