प्रधानमन्त्रीको दाबीः राम नेपाली नै हुन्, अयोध्या वीरगन्जमा पर्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालमाथि साँस्कृतिक अतिक्रमण गरेको बताएका छन् । भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने दाबी गर्दै उनले भारतले विवादित अयोध्या खडा गरेको आरोप लगाए । 

प्रधानमन्त्री निवास बालुवाटारमा भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन, अयोध्याका रामलाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा पश्चिमपट्टिको गाउँ हो ।’

यसोभन्दा आफूमाथि विद्वान्हरुले हमला गर्न सक्ने उल्लेख गर्दै उनले भने, ‘दशरथका सन्तान राम पनि भारतीयका हुँदै होइनन्, अयोध्या पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’

वाल्मीकि आश्रम पनि नेपालकै भएको दाबी गर्दै उनले दशरथको सन्तान नभएपछि पुत्रेष्टी यज्ञ लगाउन रिडीको पण्डित ल्याइएको बताए । उनले भने, ‘अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे ?’ 

त्यसवेला टेलिफोन, मोबाइल नरहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।’

 ‘रामले सीतालाई अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मीकि आश्रममा छोडेको होइन,’ प्रधानमन्त्रीले भने, जंगलमा यसो परतिर लगेर छोडिदिनू भनेको ठाउँमा लक्ष्मण भाउजू लिएर महिनौँ हराएका होइनन् । खुर्र वाल्मीकि आश्रम पुर्‍याइदिए, फर्किए ।’





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार २०:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया