स्थलगत निरीक्षणमा गएकालाई नै पुर्यो पहिरोले

स्याङ्जामा पहिरोकोे स्थलगत निरीक्षणमा गएकाहरूलाई नै पहिरोले पुरेको छ ।

पाँच दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका –४, खहरेमा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्धार गरिएको छ ।

लगातारको वर्षासँगै पहिरो गएकोबारे जानकारी लिन पुगेका उनीहरूलाई अर्कोतर्फबाट अर्काे पहिरो आएर आएको पहिरोले पुरेको थियो ।

पहिरोमा पुरिएर ७० वर्षीया इमान सिंह थापाको निधन भएको छ भने प्रेमचन्द्र पाण्डे, टीका थापा र गिमानसिंह थापा बेपत्ता भएका छन् ।

पहिरोले कालीगण्डकी –४ का वडा सदस्य होमनाथ पाण्डे र वीरबहादुर राना घाइते भएकोे स्याङ्जा प्रहरीले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धार जारी रहेको बताइएको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १२:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया