बैंकको किस्ता तिर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी–व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज तिर्न आग्रह गरेको छ । महासंघले सार्वजनिक सूचना जारी गर्दै तिर्न सक्ने उद्योगी–व्यवसायीलाई ऋणको साँवा तथा ब्याज समयमै तिर्न आग्रह गरेको हो ।

तिर्न नसक्नेहरुका लागि भने मौद्रिक नीतिले सम्वोधन गर्ने महासंघले बताएको छ । बैंक र उद्योगी व्यवसायीबीच देखिएका समस्याका विषयमा पनि नियमित छलफल भइरहेको महासंघले जनाएको छ ।


‘हाल तिर्नसक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन आग्रह गर्दछौं’ महासंघको सूचनामा उल्लेख छ, ‘तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्ने आगामी मौद्रिक नीतिमा व्यवस्था गर्न महासंघ सम्बन्धित निकायसँग अनुरोध गर्दछ ।’

महासंघ र नेपाल बैंकर्स संघबीच हरेक महिना छलफल गर्ने सहमति नै भएको भन्दै केही सुझाव तथा सल्लाह भए पठाउन महासंघले सबै उद्योगी–व्यवसायीसँग आग्रहसमेत गरेको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १३:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया