विश्वभरका सरकारलाई धनाढ्यहरुले भने– हामीबाट उच्च दरमा कर असुलेर कोरोना महामारीमा खर्च गरियोस्

एजेन्सी– विश्वका धनाढ्यहरुको एक समूहले आफूसँग भएको पैसा महामारी नियन्त्रणका प्रयासमा उपयोग गर्न आग्रह गरेको​ छ । विश्वभरका अर्बपतिको समूह ‘मिलियनेयर्स फर ह्युम्यानिटी’ले खुलापत्र लेखेर यस्तो आग्रह गरेको हो ।

कोरोना महामारीको लडाइँका लागि विश्वभरका धनीबाट उच्च दरमा कर असुल्न उनीहरुले आग्रह गरेका छन् । मिलियनेयर्स फर ह्युम्यानिटीमा ८० भन्दा बढी मिलेनियर्सको सहभागिता छ । 

यस्तो खुलापत्रमा हस्ताक्षर गर्नेममा बेन एन्ड जेरी आइसक्रिमका सहसंंस्थापक जेरी ग्रिनफिल्ड, फिल्मका पटकथा लेखक रिचर्ड कर्टिस र फिल्म निर्माता अबिग्याल डिज्नी, अमेरिकी उद्यमी सिड्नी तोपोल र न्युजिल्यान्डका व्यवसायी स्टिफन टिन्डाललगायत छन् । 

अहिले विश्वका करोडौं मानिस रोजगारी गुमाएर परिवार पाल्न नसक्ने अवस्थामा रहेको उल्लेख गर्दै आफूहरुलाई सो समस्या नभएकाले करमार्फत आफ्नो पैसा असुल्न उनीहरुले आग्रह गरेका हुन् । यो नै उपयुक्त र निर्विकल्प समाधान हुने पनि उनीहरुको दाबी छ ।





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १७:१३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया