काठमाडौं– यातायात व्यवस्था कार्यालय एकान्तकुनाले कोरोनाको जोखिम बढेको भन्दै सवारीचालक अनुमति पत्र (लाइसेन्स) वितरण स्थगित गरेको छ ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म लाइसेन्स वितरण कार्य नहुने जानकारी गराएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन खुकुलो बनाउँदै लगेको छ । लकडाउन खुकुलो भएसँगै कोरोना जोखिम उच्च रहेको निष्कर्षसहित लाइसेन्स वितरण कार्य स्थगित गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।