संग्रौलाको प्रश्न, ‘ओलीय घाँडो भिरिरहन कहिलेसम्म अभिशप्त हुने हो मान्यवर ?’

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला समसामयिक विषयमा कडा टिप्पणी दिने गर्छन् । शाहीकालमा उनी लेख र रचनामार्फत आफ्ना अभिव्यक्ति दिने गर्थे ।

आजकल संग्रौलाशैली फेरिएको छ । अभिव्यक्तिका लागि उनी आजकल सामाजिक सञ्जालको बढी सहारा लिने गर्छन् ।

प्रायः उनी शासक र संस्थापनलाई नै बढी प्रहार गर्छन् । उनको प्रहारमा बढी पर्नेमा प्रधानमन्त्री केपी ओली पनि अग्रपंक्तिमा छन् ।

यसैबीच, आज संग्रौलाले ट्विटरमार्फत प्रम ओलीमाथि कडा टिप्पणी गरेका छन् । त्यो ओलीले अयोध्या र रामबारे दिएको विवादास्पद अभिव्यक्तिप्रति छ ।
ओलीका पछिल्ला अभिव्यक्तिले नेपाल–भारत सम्बन्ध बिगार्ने संग्रौलाको भनाइ छ ।

ओली मौसमी राष्ट्रवादी भएको आरोप लगाउँदै उनले यो घाँडो कहिलेसम्म भिरिरहने हो ? भनेर प्रश्न गरेका छन् ।

‘चिन्ता प्रम ओलीको उच्छृङ्खल जिब्रोले नेपाल–भारत सम्बन्धमा जनस्तरमै चरम कटुता पैदा हुने खतरा देखियो । भूमिमाथिको स्वामित्वविनाको चुच्चे नक्सा सिरानी हालेर सुतेका मौसमी राष्ट्रवादी ओलीले बर्बाद गर्ने भए’, उनले लेखेका छन्, ‘यो दुखी राष्ट्र ओलीय घाँडो भिरिरहन कहिलेसम्म अभिशप्त हुने हो मान्यवर ?’





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार ८:५५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया