अनलाइनमा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर पठाउने योजना ट्रम्प प्रशासनद्वारा रद्द

कोरोनाभाइरस महामारीका कारण पूर्ण रूपमा अनलाइनमा सञ्चालित कोर्सका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आआफ्ना घर पठाउने योजनालाई ट्रम्प प्रशासनले रद्द गरेको छ ।

उक्त नीति घोषणा गरेको एक साता नबित्दै ट्रम्प प्रशासनले त्यसलाई उल्ट्याएको हो ।

हार्भर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले उक्त योजनाका विरूद्ध सरकारमाथि मुद्दा हालेका थिए ।

ती दुई विश्वविद्यालयले सरकारको त्यस्तो निर्देशनलाई एकपक्षीय, स्वेच्छाचारी र अधिकारको दुरूपयोग भएको आरोप लगाएका थिए।

अन्य दर्जनौँ विश्वविद्यालयहरूले त्यस मुद्दामा उनीहरूलाई समर्थन गरेका थिए ।

म्यासाचुसेट्स र क्यालिफोर्निया सहितका कम्तीमा १८ राज्यका महान्यायाधिवक्ताविरूद्ध समेत मुद्दा हालिएको थियो।



अदालती कारबाही सुरु हुनु अगावै सङ्घीय न्यायाधीशले यथास्थिति कायम गर्न सम्बन्धित पक्ष सहमत भएको जनाएका थिए ।



  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १३:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया