पार्टीको आन्तरिक विवाद मिलाउने प्रयासस्वरुप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज वार्ता जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १२ बजे बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
चितवनबाट फर्किएपछि अध्यक्ष प्रचण्ड मङ्गलबार पनि वार्ताका लागि बालुवाटार पुगेका थिए । तर उनीहरूबीच सामान्य कुराकानी मात्र भएको थियो ।
यसअघिका धेरै वार्ता विना निष्कर्ष टुंगिएका छन् । प्रचण्ड समुहले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ । यता ओलीले भने त्यसलाई अटेर गर्दै आइरहेका छन् ।
आज अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्डलगायतका नेताहरुको मागमा बीचको बाटो खोज्ने गरी छलफल भइरहेको नेकपाका अन्य नेताहरुले बताएका छन् ।
सातवटा एजेण्डा तय गरेर सुरु भएको स्थायी कमिटी बैठककै बीचमा अन्य एजेण्डा समेत थपिँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।