बिहीबारदेखि उपत्यकाका यी आठ रुटमा चल्दै छन् साझा बस

काठमाडौं– लकडाउनका कारण ठप्पप रहेको सावैजनिक यातायात चल्ने क्रम सुरु हुँदै छ । सरकारले ५० प्रतिशत भाडा बढाएर यातायात खोल्ने निर्णय गरे पनि यातायात व्यवसायीले भने मानेका छैनन् ।  

भोलि बिहीबारदेखि साझा यातायातले भने काठमाडौं उपत्यकाका आठ स्थानमा बस सञ्चालन गर्ने भएको छ । साझाले साउन १ देखि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिएका छन् । 

साझाले सुरुमा २६ वटा बसमार्फ आठ स्थानबाट सेवा सुरु गर्ने र पछि यात्रुको चाप बढ्दै गएमा अन्य बस पनि सञ्चालन गर्ने जनाएको छ । 

हरेक बिहान प्रत्येक बसलाई सेनिटाइज गरे चलाउने पाण्डेको भनाइ छ । साझाले यात्रुहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न पनि आग्रह गरेको छ ।

यी रुटमा चल्दै छन् साझाका बस
 
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १६:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया